रिलायन्स चिनिमिलमा तनाव

संजय तिवारी, कलैया(बारा)। बाराको मनहर्वामा रहेको रिलायन्स केमिकल ईन्डष्ट्रज प्रा.लि. मा केहि दिन यताबाट दैनिकजसो तनाव भैरहेको छ । स्थानिय बासिहरुले अघिल्लो बर्ष मिलले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रेपछि मिल परिसषर केहि दिन यताबाट तनावग्रस्त बन्दै आएको हो ।
मिल संचालनका क्रममा हुने प्रदुषण नियन्त्रण गर्नु पर्ने, मिल परिसरमा वार्ड पिच्छे शौचालय निर्माण गरिनु पर्ने, मिलक्ष्ोत्र आशपासको उखु खरिदलाई प्रथमिकता दिनु पर्ने तथा बिगतमा भएको सहमति कार्यान्वयनमा मिल ब्यवस्थापनले चासो नदिँदा स्थानिहरु आक्रोशित बनेका स्थानिय श्रीलाल यादवले बताए ।
यसै विषयलाई लिएर मिल ब्यवस्थापन समक्ष कुरा गर्न गएका केहिलाई प्रहरीले निययन्त्रमा लिएपछि अवस्था झन जटिल बन्दै गएको हो । स्थानिहरुले अनावश्य झमेला गर्न खोजेको आरोप लगाउँदै मिलले र स्थानियसँग गरेको सहमति कार्यान्वयनमा मिल ब्यवस्थापनले बेवास्था गरेको आरोपमा स्थानियले स्थानिय प्रशासन गुहारेका छन् ।
स्थानिय प्रशासनको रोहवरमा शुक्रबार मिल परिसरमा वार्ता गर्ने सहमतिमा समातिएका ईनरदेव कुस्वाहा र मिश्रिलाल यादवलाई नियन्त्रण मुक्त गरिएको एमाले नेता ध्रुव यादवले जानकारी दिए । मिल संचालन भएको दुई महिना वितेपनि गतको तुलनामा उखु क्रसि. नगर्दा थप समस्या भैरहेको छ ।

,

0 comments

Write Down Your Responses