नापी विभागका महानिर्देशक अधिकारी कमिसनमा ‘बिजी’
काठमाडौं । नापी विभागमा भर्खरै सरुवा भई त्यहाँको महानिर्देशक ९डिजी० बन्न सफल भएका मधुसूदन अधिकारी पदीय मर्यादालाई विर्सिएर कमिसन बटुल्नमा व्यस्त ९बिजी० हुन थालेको चर्चा चलेको छ। आफूलाई कुनै दलको सिफारिसबिना महानिर्देशकमा नियुक्ति दिएको भनी फुइँ हाक्ने अधिकारी पछिल्लो चरणमा कमिसन बटुल्न आफ्नो कोर टिम बनाई ‘बन्दा लागेको खर्च त उठाउनै पर्यो नि’ भन्न थालेको नापी विभागमा चर्चा चल्ने गरेको छ। उनले आफू नेकपा –एमालेको लेबी तिर्ने कार्यकर्ता भएकाले एमालेका मन्त्रीले आफूलाई महानिर्देशक बनाएको भनी हिंड्न थालेका मात्र होइन कि उनले आफ्नो कोर टिम मार्फत उठन्ती धन्दालाई तीब्र पारेको स्रोतले बताएको छ। उनले आफ्नो कोर टिममा कर्मचारी संगठन समर्थित कमल घिमिरे र अनिल मरासिनीसँग सम्बन्ध बनाई उठन्तीका लागि उनीहरुलाई खटाएको स्रोतले बतायो। राति बाह्र बजेसम्म उनको कोर टिम साथमै रहने गरेको पनि स्रोतले दाबी गरेको छ।
एकीकृत नेकपा –माओवादी० सरकारमा रहेका बखत् काँचुली फेरेर माओवादी समेत बन्न भ्याएका महानिर्देशक अधिकारीले पछिल्लो चरणमा एमाले बनी विभागमा राज गरेका हुन्। एमाओवादीको पालामा समेत अधिकारी शक्ति देखाएर राम्रै ठाउँमा रही लखनऊ लूट गर्न सफल भएका थिए। तीन बर्ष नापी विभाग अन्तर्गतको टोपो महाशाखाको प्रमुख बनी त्यहाँको बजेटमा खेलबाड गरी उनले भक्तपुरमा एकैसाथ घरघरेडी जोड्न सफल भएको स्रोतको कथन छ। मुख्य सडकमा आलीशान महल खडा गर्न टोपोको बजेटले अधिकारीलाई धेरै नै सघाउ पुर्याजएको टोपो महाशाखाका कर्मचारीहरु अहिले चर्चा गर्न थालेका छन्।
तीन बर्षदेखि टोपो महाशाखामा रिमोर्ट सेन्टिङ प्रविधिबाट प्रतिबर्ष १० वटा नक्सा अपडेट गर्ने जिम्मेदारी दिइए पनि अधिकारीले एउटा पनि नक्सा अपडेट नगरेको स्रोतको दाबी छ। सो कार्यका लागि टोपो महाशाखाले बर्षेनी ३० देखि ३५ लाख रुपियाँ बजेट छुट्याउने गरेको हुन्छ। त्यसरी तीन बर्षमा करिब एक करोड रुपियाँ खर्चिएर पनि एउटै नक्सा निकाल्न नसकेको अधिकारीले त्यहाँको बजेट आफ्नो महल खडा गर्न प्रयोग गरेको भनी अहिले टोपोका कर्मचारी नाम नछाप्ने सर्तमा बताउन थालेका छन्।
हाल नापी विभागका महानिर्देशक बनेका मधुसूदन अधिकारीका कर्तुतहरु यत्तिमा सीमित भएका छैनन्। उनले नेपाल–भारत सीमानाको नक्सा ९फिल्ड कार्य० का लागि सम्बन्धित कर्मचारीलाई नखटाई आफ्ना हनुमानहरुलाई खटाई अचाक्ली गरेको स्रोतले बताएको छ। अधिकारीले ईश्वर नकर्मी, नारायण रेग्मी, नारायण श्रेष्ठजस्ता वरिष्ठ कर्मचारीहरुलाई पाखा लगाई आफ्ना हनुमान रमेश ज्ञवालीलाई खटाएबाट वरिष्ठ कर्मचारीहरु आगो भएका छन्। यससम्बन्धमा महानिर्देशक अधिकारीको प्रतिक्रिया लिन विभागको फोन नं।मा फोन गर्दा ‘उहाँ हुनुहुन्न’ भन्ने जबाफ मिल्यो। सन्चार पाटी
0 comments
Write Down Your Responses