क्रिश्चियनको आडमा डलर कुम्ल्याउदै

प्रकाशित मिति : शुक्रबार माघ २३ , २०७१ | ३३९ पटक हेरिएको एउटा बच्चाका नाममा मासिक सय डलर भित्रिने जेवी विष्ट – काठमाडौं । नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएपछि क्रिश्चियन धर्मालम्बीहरुको हाली मुहाली निकै बढेको छ । गरिब, बालबच्चा, अपाङ्ग, अशक्त र बृद्धवृद्धाका नाममा विदेशबाट डलर भित्राएर धर्मकै आडमा क्रिश्चियनका अगुवाहरुले लुट मच्चाउने क्रम रोकिएको छैन् । साना साना नानीहरुलाई पठनपाठन गराउने भन्दै ललितपुरको भैसेपाटीमा रहेको आइएन नेटवर्ककी प्रमुख लक्ष्मी थापा (एस्तर) ले करोडौ रुपियाँ हिनामिना गरेको बुझिएको छ । एउटा बच्चाका नाममा मासिक सय डलर भित्रिने सो संस्थामा एक विद्यार्थी बराबर रु १२ सय मात्र दिएर अन्य रकम आफैले खाने गरेको त्यही कार्यरत एक कर्मचारीले अभियान टाइम्स साप्ताहिकलाई बताए । सयौं विद्यार्थीलाई दिइने सहयोगबाट प्रतिमहिना थापाले लाखौं रुपियाँ अनियमिता गर्ने गरेको समाचार स्रोतले बताएको छ । त्यसैगरि धर्मलाई नै ब्यापक दुरुपयोग गदै व्यक्ति मोटाउने काम गरेको सो धर्मका अनुयायीहरु नै बताउदै आएका छन । त्यसै गरि डलर भित्राएर लुट मच्चाउनेमा गोर्खा जिल्लाबासी रमेश सापकोटा पनि अग्रणी स्थानमा छन् । धापाखेलमा अस्भाविक तरिकाले महल ठड्याएका सापकोटाले यशुख्रीष्टको सु समाचार प्रचार गर्ने भन्दै विभिन्न स्थानमा कार्यक्रम गरेको भीडीयो बिक्री गर्दै व्यक्तिगत सम्पति जोड्ने गरेको बुझिएको छ । त्यसो त राम्रै महलको व्यवस्था गरेका टेकबहादुर दाहालको सम्पतिकै कारण श्रीमान र श्रीमतीमा खटपट भएको समाचार स्रोतले अभियान टाइम्सलाई बताएको छ । विभिन्न कार्यक्रममा महंगा गायकलाई झुक्याउदै फसाउदै गर्ने यी दाहालले डोनरहरुलाई नेपाल गरिब मुलुक भएकाले पैसाको ठुलो आवश्यकता भएको बताउदै भित्राइएको डलरमा एकछत्र गर्ने गरेको एक पास्टरले बताए । त्यसै गरि जिवन लामा, एलिया प्रधान , सोनाम टिकागो ,तारा सिहं कठायत ,ओमप्रकाश सुब्बा, प्रकाश सोदेम्बा, मिनिकुमार राई, फिलिप गजमेर, लोक भण्डारी, धन तामाङ, महेश्वर राई, माइकल रायमाझि (क्षेत्री), राजु सुन्दास, नारायण शर्मा, लोकमणी ढकाल लगायतले धर्मको नाममा अवैध तरिकाले सम्पति जोड्ने गरेको समाचार प्राप्त भएको छ । नेपाल धर्म निरपेक्ष राष्ट्र हुनु भन्दा लामो समय अगाडि देखि क्रिश्चियन समुदायको सहभागिता देखिएपनि अहिले आएर धर्मका नाममा विदेशबाट ठुलो रकम भित्राएर क्रिश्चियनका केही पास्टरहरु मोटाउने काम भइरहेको अवस्थामा सरकारका सरोकारवाला निकायहरु चुप लागेर बसेका छन् । नेपालीहरु लाई सु समाचार प्रचार गर्ने भन्दै भित्राइएको अवैध रकम आफु र आफ्नो पारिवारिक मोजमस्तीमा दुरुपयोग गर्ने प्रवृति हावीको अवस्थामा किन सम्बन्धित निकाय मौन बसेको हो सर्वत्र चर्चा छ । मुलुकको गरिबीलाई फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्राउने र आफु करोडपति बन्ने चलनै मच्चाएका छन् । पछिल्लो समय नेपालको गतिविधिलाई बाहिरी मुलुकमा नकारात्मक सन्देश दिदै धर्म प्रचारका नाममा लामा, प्रधान , टिकागो , कठायत, सुन्दास लगायत केही व्यक्तिहरुले आफु र आफ्ना नातेदारहरुलाई अवैध रकम कुम्ल्याउदै अगाडि बढे पनि सरकारी निकाय बेखबर जस्तै बनेको छ । उता आँफुलाई कहिले दार्जिलिङ निवासी त कहिले तिब्बटियन बताउदै आएका लामाले अन्तत चितवनबाट नागरिता लिएपनि उनी माथि खासै कार्वाही हुन सकेको छैन् । उनले केही समयअगाडि नागरिता विवादमा पर्ने डरले सम्पति समेत निकटकालाई पन्छाएको बुझिएको छ । नागरिता विवादलाई ललितपुर प्रहरीले अनुुसन्धान गर्ने क्रममै मुद्दा अल्मलाइदिएपछि लामाको बारे थप शंका बढेको हो । यसरी धर्मको आडमा रकम कुम्ल्याउनेहरुको संख्या ठूलो रहेको एक पास्टरले बताए । यसरी नै अवैध रकम जोड्नेको लर्कोमा नेपाल क्याम्पस क्रुसेड फर क्राइष्ट र जिसीडिसीका डाईरेक्टर तारासिहं कठायत पनि अग्रपंक्तिमै छन् । उनको नेपाल इन्भेष्टमेन्ट बैकं लगायतमा व्यक्तिगत सम्पति जम्मा गरेको बुझिएको छ । धर्मकै नाममा लिइने अनेक प्रकारका स्वरुप मार्फत विदेशबाट अवैधानिक सम्पति भित्राएको बुझिएको छ । कार्यलयका कर्मचारीमा समेत फरक व्यबहार गर्ने बानीले पुराना कर्मचारी बाहिरिएको र चाकरी गर्ने कर्मचारीलाई निकट राख्ने गरेको बुझिएको छ । कतिपय महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राख्न खोज्ने अनुकुल नभए जागिरबाट हटाउने धम्की दिने गरेकाले एक पिडित कर्मचारीले काम छोड्न बाध्य भएको जानकारीमा आएको छ । कठायत यो समुदायमा अबैधानिक रुपले रकम जोड्ने लिडरको रुपमा परिचित छन् । स्वदेशमा र विदेशमा दुबै थरि (नक्कली सक्कली) अडिट गरेर अवैधानिक तरिकाले रकम जोड्ने उनी जस्तैको संख्या भने कम छैन् । उनी जस्तै यो समुदायका सयौ व्यक्ति माथि समयमै सरकारको सम्बन्धित निकायले लेखाजोखा गर्नेु आवश्यक छ । अभियान टाइम्सबाट - See more at: http://www.newsabhiyan.com/%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%af%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%a1%e0%a4%b2%e0%a4%b0-%e0%a4%95%e0%a5%81/#sthash.qCMk2iSP.dpuf

0 comments

Write Down Your Responses