विश्व साइकल यात्राको कुरा ।

अबुधाबी । यात्रा आफैंमा कष्टकर हुन्छ । त्यसमा साइकल यात्राको दुःखलाई सबैले महसुस गर्न सकिन्छ । यात्रा पनि एक देशको होइन, विश्व साइकल यात्राको कुरा । पा“च वर्षमै पोलियोबाट प्रभावित चित्र पौडेलको दा“या खुट्टा सुकेको छ । हि“डाइ असहज प्रस्ट देखिन्छ । बा“या खुट्टाको बलले साइकलको पाइडल दबाउ“दै २००४ बाट विश्व साइकल यात्रामा निस्केका पौडेल अपाङ्गता असक्षमता होइन, भन्ने सन्देश बोकी यूएई आइपुगेका छन् । अपाङ्गलाई अवसरको खा“चो छ भन्ने आवाजलाई बुलन्द गर्न विश्वको विभिन्न देशको यात्रामा निस्केका पौडेलको स्थायी घर मोरङको बयरबन हो ।
 झापाको लिटिल फ्लावर्स माविबाट एसएलसी सकेर सबैभन्दा पहिला माओवादी सशस्त्र द्वन्द्वकालमा नेपाल घुमेको अनुवभ उनीस“ग छ । नेपाल अपाङ्ग संघ झापाका अध्यक्ष धनुज श्रेष्ठको प्रेरणा र सहयोगमा विर्तामोडको प्रेम टे«डर्सबाट साइकल किनेर नेपाल, भारत लयागत सार्क राष्ट्रको भ्रमण गरिसकेका पौड्ेल आफ्नो यात्रालाई अगाडि बढाउन खाडी राष्ट्रको भ्रमणमा रहेको बताउ“छन् । अपाङ्गहरुको आत्मबल बढाउन आफूले यात्रा थालेको बताउने पौडेल आफ्नो विश्व साइकल यात्रालाई अगाडि बढाउन यूएईबासी नेपालीहरुलाई आग्रह गरेका छन् ।
 यूएईपछि ओमन र त्यसपछि युरोपको भ्रमण गर्ने सोचमा रहेका पौडेल नेपाल, नेपाली र सम्पूर्ण अपाङ्गहरुको नाम चम्काउन १२० देशको भ्रमण गर्ने अभियानमा छन् । साथै सगरमाथा शिखरको आरोहण गरी गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउने लक्ष्य पनि पौडेलले लिएका छन् । विभिन्न उदेश्य बोकी नेपालबाट विश्व साइकल यात्रामा निस्केका ९० जना जति नेपाली विश्व साइकल यात्रीहरुमा चित्र पौडेलको फरक विशेषता भनेको उनी पोलियो संक्रमित हुन् । -

0 comments

Write Down Your Responses