बौद्धिकहरु जुट्दै

काठमाण्डौ । १० वर्षे जनयुद्ध र २०६२/०६३ सालको १९ दिने जन आन्दोलन पछि नेपालबाट राजतन्त्रलाई पाखा लगाई नेपालमा संघिय गणतन्त्रको स्थापना गरियो । जनता साह्ै खुशी भए तर त्यो खुशी केवल क्षण भरमका लागि मात्र भयो । नेपालमा संविधान सभाको नाममा राज्यको ढुकुटीबाट अरबौं रुपयाँ सिध्याइयो । ४–४ वर्ष सम्ममा संविधान दिन नसकेका नेताहले पून दोस्रो संविधान सभाको चुनाव गराएर एक वर्ष भित्रमा संविधान दिने कसम खाए तर फेरि त्यहि चाला संविधान त ६०१ जना सभासदहरुले जागिर खाने थलो मात्र भयो । नेताहरुको यो चर्तिकला नजिकबाट हेरिरहेको बौद्धिक व्यक्तिहरुले अब नेताहरुको भरमा बसेर देशको विकास असम्भव छ अब हामी आफै जुट्नु पर्छ भनि बौद्धिक स्रोत परिचालन केन्द्र नेपालले एक विषेश भेलाको आयोजना गरेको छ । 
बौंद्धिक व्यक्ति जलस्रोतका अग्रज बौंद्धिक स्रोत परिचालन केन्दका संस्थापक अध्यक्ष श्री पी.पी. अधिकारी को अध्यक्षतामा सम्पन्न भएको भेलामा निम्न उल्लेखित व्यक्तिहरुको उपस्थिती रहेको थियो । डा. शंकर प्रसाद शर्मा, दिनवन्दु अर्याल, राम ठकुरी, शम्भु गौतम, गोपाल भण्डारी, लक्ष्मी प्रसाद खरेल, प्रसाद अधिकारी, रञ्जन कुमार पन्त, शरण रत्न स्थापित, टंक उप्रेती, उज्जवल राज आचार्य, कृष्ण भक्त श्रेष्ठ, सागर श्रेष्ठ, जय बहादुर खामी, डा. विजय सिंह सिजापति, गणेश प्रसाद पोखरेल आदिको उपस्थित रहेको थियो । उक्त अवसरमा सबैले आ–आफनो परिचयको साथमा यस बौद्धिक स्रोत परिचालन केन्द्रलाई एउटा राजनीतिक विकल्पको संस्थाको रुपमा स्थापित गर्ने उक्त परिचालन केन्द्रलाई केन्द्र देखि गाउँसम्म पु¥याउने, विकासको अनुभूति दिने, विभिन्न ९ वटा विभागहरु खडा गर्ने जस अनुसार आर्थिक एवं प्रशासनिक विभाग, जन सम्पर्क, सामाजीक समन्वय संचार विभाग, सीप विकास ग्रामिण, अनुसन्धान तथा मूल्याङ्कन विभाग, राष्ट्रिय वैदेशिक संघ संस्था विभाग, संस्थागत विकास एवं संगठन विस्तार विभाग, महिला सशक्तिकरण विभाग र अन्तर धार्मिक र सांस्कृतिक विभाग रहने छ । 
क्षेत्रिय स्तरमा ५ वटा जिल्ला गाउँ र जनसमुदाय सम्म पुगेर जन सवालका विषयहरुमा काम गर्ने उक्त संस्थाको उद्देश्य रहेको छ । उक्त अवसरमा स्थापना काल देखि हाल सम्मको अवस्था र संस्थाको उद्देश्यको बारेमा प्रवक्ता टंक उप्रेतीले स्पष्ट पार्नु भएको थियो भने संस्थाको भिजन अनुसार अगाडि बढ्न संस्थापक अध्यक्ष पी.पी. अधिकारीले निर्देशन दिनु भएको थियो । यस स्रोत केन्द्रको छिट्टै नै पूर्ण केन्द्र्रीय समिती गठन गरि अगाडि बढ्ने लक्ष्य रहेको छ ।

,

0 comments

Write Down Your Responses