जबर्जस्ती करणीको अनुसन्धानमा लापरवाही

काठमाडौं । प्रहरीमा कारवाही हुन्छ तर जिम्मेवारी स्थानमै कायम राखिने प्रचलनले सेवा प्रभावहिन हुने गरेको पाइएको छ । जिम्मेवारी बहान गर्न नसकेको आरोपमा सेवामा कार्यरत प्रहरीलाई कारबाही हुन्छ तर उनीहरुको राम्रै स्थानमा सरुवा हुन्छ । यस्तै भएको छ रौतहटका २ घटनालाई लिएर तत्कालिन प्रहरी प्रमुख एसपी उमेश रन्जितकारलाई विभागीय कारवाही भएको छ । तर अन्य प्रहरी उपरीक्षकको दाँजोमा उनको रौतहटबाट मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैया बारामा सरुवा भएको छ ।
 
आजको राजधानी दैनिकमा समाचार छ । कर्तब्य ज्यान र जबर्जस्ती करणीको घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै गृहमन्त्रालयले जिल्ला प्रहरी कार्यालय रौतटहका प्रहरी निरिक्षक रामप्रकाश चौधरीलाई, प्रहरी प्रधान कार्यालयले मुद्धा फाटका प्रहरी नायव निरिक्षक चुडामणी दाहाललाई निलम्बन गरेको छ भने रन्जितकारलार्ए विभागिय कारबाही गरेको हो ।

,

0 comments

Write Down Your Responses