ल्यारक्याल लामालाई नयाँ सभासदको रुपमा निर्वाचित
काठमाण्डौं,विवास्पद छविका ल्यारक्याल लामा एमाओवादीको सिफारिसमा सभासद भएका छन्। निर्वाचन आयोगले ल्यारक्याल लामालाई नयाँ सभासदको रुपमा निर्वाचित गरेको हो।
गत संविधानसभा निर्वाचनमा एमाओवादीका तर्फबाट समानुपातिकतर्फका सभासद शम्भु पासवान हजारी राष्ट्रिय दलित आयोगको सदस्य रहेकै अवस्थामा राजीनामा स्विकृत नगराई समानुपातिकतर्फ बन्द सूचीमा नाम समावेश गरेको भन्दै सर्वोच्च अदालतले कात्तिक ५ गते पासवानको सभासद पद खारेज गरेको थियो।
पासवानको सभासद पद खारेज भएपछि रिक्त पदमा एमाओवादीको सिफारिसमा ल्यारक्याल लामालाई रिक्त पदमा निर्वाचित गरेको निर्वाचन आयोगले जनाएको छ। लामा विवादस्पद छविका मानिन्छन्।
उनी तत्काली झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्रीसमेत बनेका थिए। विवास्पद छवि भएका लामाले मन्त्रीबाट राजिनामा दिएका थिए। पछिल्लो समय उनी एमाओवादीमा प्रवेश गरेका थिए आजको आजको नागरिक दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses