चन्द नेतृत्वको नेकपा माओवादीले तत्काल हतियार नउठाउने
काठमाडौं । सत्ता साझेदारीको माग गर्दै आएको नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले तत्काल हतियार नउठाउने भएको छ । दलालहरुमाथि निशाना लगाउने निर्णय गरेको सो पार्टीको केन्द्रीय समितिको बैठकले सरकारी रवैयामा हतियार उठाउने वा नउठाउने निर्भर हुने प्रष्ट पारेको छ ।
माओवादी आन्दोलनका घटक दलहरुलाइ एकीकृत क्रान्तिको दिशामा सहमत गराउन एमाओवादी र नेकपा माओवादीसँग छलफल गर्ने निर्णय पनि सो पार्टीले गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses