जनमत संग्रहको माग गर्दै राप्रपा नेपाल जनसंघर्षमा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक पत्रकार समेमलन गर्दै पार्टीका धारणाहरु सार्वजनिक गर्नुभएको हो। पत्रकार सम्मेलनमा थापाले हालसम्मका सहमतिलाई कायम राख्दै विवादित विषयका रुपमा रहेको धर्मनिरपेक्षता, गणतन्त्र र संघियतामा जनमतसंग्रह गरेर निर्णय गर्नुपर्ने माग गर्नुभयो। थापाले भन्नुभयो “धर्मनिरपेक्षता, गणतन्त्र र संघियताका विषयमा जनमतसंग्रह नगरि गरिएको निर्णय राप्रपा नेपाललाई स्विकार्य छैन।”
अहिलेको विधीबाट संविधान जारी हुन सम्भव नभएको ठहर गर्दै थापाले विवादित र विषयमा जनमतसंग्रहमा जानु पनि प्रक्रिया नै रहेको हुनाले यसमा जानुपर्ने बताउनुभयो। जनमतसंग्रहका लागि चैत्र र वैशाखमा उपयुक्त समय हुने र जनमतसंग्रहको परिणामलाई समेटेर संविधान जारीका लागि जेठ उपयुक्त समय हुने थापाले बताउनुभयो।
पार्टीको धारणा जनतामाझ लान माघ ४ देखि दवावमुलक जनसंघर्ष गर्ने निर्णय राप्रपा नेपालले गरेको छ।
राप्रपा नेपालले सनातन हिन्दुराष्ट्र कायम गराउने एजेण्डालाई जनसंघर्षको मुख्य एजेण्डा बनाएको छ।
यसका लागि पहिलो चरणमा देशका सम्पूर्ण जिल्ला सदरमुकामहरुमा प्रदर्शन र्याली र सभा गरिने छ भने काठमाडौंमा संविधानसभा भवन घेराउ गरिने बताइएको छ।
निर्धारित मितिमा संविधान वन्न नसकेकोमा चिन्ता गर्दै थापाले काँग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलका शिर्ष नेताहरुको अकर्मण्यता सत्ता लिप्सा लगायतका कारण संविधान बन्न नसकेको बताउनुभयो। ठूला दलका ठूला नेताहरुले संविधान नबनेकोमा आत्माआलोचनाका साथ नैतिक जिम्मेवारी लिनुपर्ने थापाको जिकिर छ।
विधी र प्रक्रियालाई अवरुद्ध गरि सिमित राजनीतिक दलका सिमित नेताहरुले वाहिर निर्णय गर्ने त्यसलाई संविधान सभामा लाद्ने काम गरेर संविधानसभालाई लाचार छायाँ मात्र बनाइएको थापाले बताउनुभयो।
संविधानसभा चौथो ठूलो दल राप्रपा नेपाललाई निर्णायक प्रकियामा बहिष्कार गरेकोमा खेद प्रकट गर्दै थापाले संक्रमणकाल अझै लम्व्याने खेल भएकोमा चिन्ता व्यक्त गर्नुभयो। अहिलेका अन्यौल अनिश्चितता अराजकतालाई अन्त्य गर्दै संविधान जारी गर्नुपर्छ थापाले भन्नुभयो।
0 comments
Write Down Your Responses