दृष्टिविहीनलाई सेतो छडी वितरण
झवानीमा रहेका दृष्ट्रिविहीन वालवालिकाहरुलाई आज सेता छडी वितरण गरिएको छ । मन्डला अनलाईन रेडियो डेनमार्कको सहयोगमा लायन्स क्लव अफ लंकुले ३० थान सेतो छडी वितरण गरिएको हो । लायन्स क्लव अफ लंकुका अध्यक्ष भानुभक्त सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा गढिमाई गढ भण्डाराका प्रमुख राजु अधिकारी प्रमुख आतिथ्यता रहेको थियो भने एन आरएन युरोप उपसंयोजक सोमनाथ सापकोटा विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा,प्रमुख अतिथि राजु अधिकारी र एन आरएन युरोप उपसंयोजक सोमनाथ सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
0 comments
Write Down Your Responses